अछामको तीन स्थानीय तहमा गठबन्धनको निर्णय नमान्ने कांग्रेसको निर्णय

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेस अछामका तीन पालिकाले अस्वीकार गरेका छन् । साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् ।  

कांग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको पनि बताए ।

तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरे पनि सहमति जुट्न सकेको थिएन  । 





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार ८:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया