[स्थानीय निर्वाचन] ललितपुरमा भागबन्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दाबी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ । नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

 ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । तिमल्सिनाका अनुसार महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरे पनि सहमति भने जुट्न सकेन । 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ८:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया