एकीकृत समाजवादीबाट हेटौंडाको मेयरका लागि लामा र पोखरेलको नाम सिफारिस

सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उप–महानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि जिल्ला कमिटीमा सिफारिस गरेको हो । 

त्यस्तै, पार्टीले उपमेयरका लागि तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । नेकपा एसले हेटौंडाका १९ वटै वडाध्यक्षका लागि पनि नाम सिफारिस गरेको छ ।  
 
नेकपा एसले हेटौंडा–१ को वडाध्यक्षका लापग बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङको नाम सिफारिस भएको छ । 

त्यस्तै, वडा नम्बर १४ मा मोहनसिंह मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानियाँ र १९ नम्बर वडाध्यक्षको लागि रामप्रसाद पौडेलको नाम नगरबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएको नेकपा एसले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १३:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया