राप्रपाले कुनै दलसँग तालमेल गर्दैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै दलसँग तालमेल नगर्ने बताएका छन् । 

आइतबार धनुषाको वीरेन्द्र बजारमा पार्टीको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले आगामी निर्वाचनमा अधिकांश स्थानमा जित हासिल गर्ने दाबीसमेत गरेका हुन् । 

‘आगामी निर्वाचनमा राप्रपा आफ्नै बलबुतामा जनताबीच जान्छ,' उनले भने, ‘हामी अन्य कुनै राजनीतिक दलसँग चुनावी तालमेल गर्दैनौँ ।’

राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्रसमेत घोषणा गर्ने उनको जिकिर थियो । 

आगामी दिनमा देशमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने दाबी गर्दै उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति आफ्नो पार्टीको रहेको स्पष्ट गरे ।
 





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १७:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया