सुर्खेत उद्योग वाणिज्य संघ निर्वाचन : १८ सय २४ मत खस्यो

सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमिति पदका लागि आइतबार मतदान भएको छ । आइतबार भएको मतदानमा कुल दुई हजार ५८ मध्ये एक हजार आठ सय २४ मत खसेको निर्वाचन समिति संयोजक उत्तम आचार्यले जानकारी दिए ।

संघको कार्यसमितिका लागि संयुक्त व्यावसायिक प्यानल र बृहत् लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन चुनावमा उत्रिएका थिए । संयुक्त व्यावसायिक प्यानलमा लक्ष्मण कँडेलको नेतृत्व छ भने यता साझा व्यावसायिक गठबन्धनमा हर्षविक्रम खड्काको नेतृत्व छ ।

मतगणनाका विषयमा अहिले छलफल चलिरहेको आचार्यले बताए ।





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार २१:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया