सत्ता गठबन्धन बैठक भोलि साढे ११ बजे पुनः बस्ने

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । 

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो । 

तर, धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोलि मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूबीच व्यापक छलफल भएको र भोलि त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताए । भोलि चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञ्चारमन्त्री कार्कीको भनाइ छ । 

'सकारात्मक ढंगले अघि बढनुपर्छ भन्ने कुरामा गठबन्धनका सबै नेताहरु सहमत हुनुहुन्छ । महानगर ६ वटा उपमहानगरपालिका ११ वटा गरेर १७ वटा छन । ती सबै ठाउँमा हामीले वस्तुगत रुपमा नै छलफल गरेका छौं । र, यो छलफल सकारात्मक छ । र, भोलि हामी यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने छौँ’ उनले भने ।

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । 





  • प्रकाशित मिति : वैशाख ५, २०७९ साेमबार १९:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया