डेली मेल लेख्छ - सिटीले हालान्डसँग सम्झौता गरिसक्यो

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार फरवार्ड एर्लिङ हालान्डसँग सम्झौता गरिसकेको समाचार बाहिरिएको छ । 

बेलायती सञ्चारमाध्यम डेली मेलले हालान्डका लागि सिटीले उनको एजेन्ट मिनो रायोलासँग सम्झौता गरिसकेको समाचार प्रकाशित गरेको हो ।  

हालान्ड सिटीमा आबद्ध भइसकेको हुनसक्ने अर्को आधार हो, उनका लागि क्लब ७५ मिलिनय युरो खर्चन तयार हुनु । पेप ग्वार्डिओलाको सिटीले उनीसँग ५ वर्षका सम्झौता गरेको बताइएको छ ।

डर्टमन्डसँग हालान्डको सम्झौता सन् २०२४ सम्म छ । तर ७५ मिलयनको आसपास सरुवा रकम पाएको खण्डमा भने क्लबले उनलाई छाड्ने सर्त राखेको थियो । 

बेलायती सञ्चारमाध्यमका अनुसार सिटीमा हालान्डले प्रतिसाता ६ लाख युरोभन्दा बढी पारिश्रमिक लिनेछन् । यो प्रिमियर लिगमा एउटा खेलाडीले पाउने सर्वाधिक पारिश्रमिक हो । 

केही दिनअघि मात्र डर्टमन्डका जिम्मेवार पदाधिकारीले सिटीसँग हालान्डका लागि कुनै सम्झौता नभएको बताएका थिए । 



लाइसेनिङतर्फका प्रमुख सेबास्टिन केहलले कुनै पनि टोलीबाट औपचारिक रूपमा प्रस्ताव नआएको बताएका थिए । ‘त्यसमा केही सर्त छन्, त्यो सबैलाई थाहा छ', उनले भनेका थिए, 'अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव आएको छैन ।’

जर्मन क्लब बोरुसिया डर्टमन्डका २१ वर्षे फरवार्ड हालान्डलाई रियल मड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि भित्राउन चाहेको चर्चा थियो ।



  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार १४:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया