गठबन्धनमा मिल्यो भागबण्डा : एकीकृत समाजवादीलाई पोखरा दिने सहमति, माओवादीले भरतपुर पाउने
फाइल तस्वीर

सत्तारुढ पाँच दलीय गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा सहमति जुटेको छ । 

नेपाली कांग्रेसले पोखरा महानगरको दाबीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा सहमति जुटेको हो ।

पोखरामा सहमति जुटेसँगै ६ वटै महानगरको सिट बाँडफाँट टुङ्गो लागेको छ ।

सत्ता गठबन्धनको पछिल्लो सहमतिअनुसार ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने छ । 

त्यस्तै, माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने छन् ।





  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार १६:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया