इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा शानदार जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । एनफिल्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराउँदै घरेलु टोली लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई तथा लुइस डियाज र सादियो मानेले एक/एक गोल गरे । खेलको पाँचौं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । २२ औं मिनेटमा सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
६८ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढ्यो । ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ४–० सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३२ खेलमा ७६ अंक जोडेको छ ।
यो एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा दुई अंक बढी हो । पराजित युनाइटेड ३३ खेलमा ५४ अंकका साथ छैटौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।