राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई ३००० मासिक भत्ता [पूर्णपाठ]
फाइल तस्वीर

राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ । 

यसैगरी, सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ । 

हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ । छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १६:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया