जसपाबाट धनगढीको मेयर उम्मेदवार कविन्द्र र उपमेयरमा नन्दकली

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले धनगढी उपमहानगरपालिकामा उम्मेदवारी घोषणा गरेका छ । शनिबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा गरेको हो ।

प्रमुखमा धनगढी उपमहानगरपालिका-३ का युवा कविन्द्र ऐर र उप–प्रमुखमा नन्दकली रानालाई अगाडि सारेको छ । राना धनगढी उपमहानगरपालिका- ८ की हुन् ।  मेयरका प्रत्यासी कविन्द्र ऐर व्यवसायी हुन् । उनी चाँडै नै धनगढीमा रिसोर्ट सञ्चालन गर्ने तयारीमा छन् । उनले धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पस, नेपाल वेष्टन कलेजमा अध्यापन समेत गराएका थिए ।

मेयरका प्रत्यासी ऐरले आफूलाई धनगढीवासीले विश्वास गरेमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा फरकशैलीमा काम गरेर देखाउन दाबी गरे । ‘धनगढीको माटोसँग खेलेको छु । यहाँको वस्तु स्थितिका बारेमा जानकार छु’, उनले भने, ‘यहाँका आवश्कताअनुसार काम गरेर देखाउने छु ।’ धनगढीको व्यवसायीको पक्षमा आफूले काम गर्ने शनिबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा उनले दाबी गरे ।

जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट २६ चैतमा बाहिरिने घोषणा गरेका थियो । जसपा सुदूरपश्चिम सांसद मालमती रानाका अनुसार जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल नगरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।





  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार १६:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया