प्रिमियर लिग: आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा आर्सनल विजयी भएकाे छ । घरेलु टाेली आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेकाे हाे ।

इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नुनाे ताभरेस, बुकायाे साका र ग्रानिट जाकाले एक/एक गाेल गरे । युनाइटेडका लागि क्रिस्टियानाे राेनाल्डाेले एक गाेल फर्काए ।

खेलकाे तेस्रो मिनेटमै ताभरेसकाे गाेलमार्फत आर्सनलले अग्रता लिएकाे थियाे । ३२ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गाेल गर्दै घरेलु टाेलीकाे अग्रता दाेब्बर बनाए । 

३४ औं मिनेटमा राेनाल्डाेले खेललाई २-१ काे अवस्थामा ल्याए । याे युनाइटेडका लागि १०० औं गाेल हाे ।

५७ औं मिनेटमा ब्रुनाे फर्नान्डेज पेनाल्टीमा चुक्दा युनाइटेडले बराबरी गर्ने अवसर गुमायाे ।

६० औं मिनेटमा राेनाल्डाेले गाेल गरे पनि अफ साइड रहँदा त्यसले मान्यता पाएन ।



७० औं मिनेटमा जाकाले गाेल गर्दै आर्सनललाई ३-१ काे सहज जित दिलाए ।

जितसँगै ३३ खेलमा ६० अंक जाेडेकाे आर्सनल चाैथाे स्थानमा कायम रहँदा पराजित युनाइटेड ३४ खेलबाट ५४ अंकका साथ छैटौंमा छ ।



  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार १९:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया