दाङका दुई नगरपालिकामा गठबन्धनले टुंग्यायाे मेयर/उपमेयर उम्मेदवार

दाङका दुई उपमहानगरपालिकाको नगर प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार तय भएका छन् । दुई उपमहानगर पालिकामा कांग्रेस र माओवादीले एक/एक वटामा नेतृत्व पाएका छन् । 

त्यसका माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको प्रमुखका लागि हेमराज शर्मा डायमण्डलाई प्रमुखको उम्मेदवारको रूपमा अघि सारिएको छ । 

नेपाली कांग्रेसले पाएको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुखको उम्मेदवार तय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सांसद गेहेन्द्र गिरी बनेका छन् । 

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिले गिरीलमई गठबन्धनको तर्फबाट तुलसीपुरको नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राजमोको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी साझा उम्मेदवार बन्नेका छन् । तुलसीपुरको उपाध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट जोगबहादुर राना गठबन्धनको उम्मेदवार घोषण भइसकेका छन् । 

कांग्रेस नेता गिरी दाङ जिल्लाको दुई कार्यकाल सभापति भइसकेकेका नेता हुन् । उनी पूर्व सांसद र गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट तुलसीपुर उपमहानगर पालिकाको नगर प्रमुखको प्रत्याशी हुन् । त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डे विजयी भएका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए ।



२००८ सालमा जन्मिएका गिरी आधारभूत शिक्षा दाङमै लिएर भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेका छन् । बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट निर्वाचित सांसद हुन् ।

तरुण सहयोग समितिको सदस्य बाट राजनीति पद धारण गरेका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका थिए । उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए । 



२०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्धको आन्दोलन चर्किन थालेपछि रिहा गरिएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका गिरी दाङ कांग्रेसमा प्रभाव जमाउने नेतामा पर्दछन् ।

गठबन्धनबाट घोराहीको मेयरमा हेमराज शर्मा‘डायमण्डलाई अघि सारिएको छ । माओवादी केन्द्रको भागमा मेयर परेको थियो । पार्टीले एकल सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको छ । त्यही अनुसार डायमन्डले आफ्नो प्रचारलाई तीव्र बनाइसकेका छन् । 

उपमेयर कांग्रेसको भागमा परेको छ । कांग्रेसले भूपबहादुर डाँगीलाई उपमेयर बनाउने तयारी गरेको भए पनि यो समाचार तयार पार्दासम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार २२:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया