कास्की कांग्रेसका नेताहरूलाई कार्यकर्ताले बैठकस्थलमै थुनिदिए

नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । 

गठबन्धनमा भागबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् । जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका हुन् ।

पोखराको लेकसाइडस्थित एक होटलमा गठबन्धन बैठक बसिरहेको र उक्त बैठकबाट कांग्रेस नेतालाई बोलाएर कार्यालयमा थुनेका हुन् । 

गठबन्धनका कारण जित्ने वडामा पनि हार्ने अवस्था आएको उनीहरूको आरोप छ । वडा नम्बर १८ का सभापति शिव तिमिल्सिनाको संयोजकत्वमा ताला लगाइएको हो ।

ताला अझै खोलिएको छैन । निर्णय फिर्ता नलिँदासम्म ताला नखोल्ने उनीहरूले बताएका छन् । असन्तुष्टहरूले पार्टी कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १९:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया