लाजियोलाई हराउँदै सिरी ‘ए’ को शीर्षमा उक्लियो एसी मिलान

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलान विजयी भएको छ । ऊ घरेलु टोली लाजियोविरुद्ध २–१ ले विजयी भएको हो । 

सुरुवाती अग्रता जोगाउन नसक्दा लाजियो स्तब्ध हुन पुग्यो । स्टेडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमै सिरो इम्मोबिलेले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

५० औं  मिनेटमा ओलिभर जिरुडले मिलानलाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा स्यान्द्रो टोनालीले गोल गर्दै पाहुना टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।  

जितसँगै शीर्ष स्थनामा उक्लिएको मिलानले ३४ खेलमा ७४ अंक जोड्दा पराजित लाजियो समान खेलबाट ५६ अंकका साथ सातौं स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा स्पोर्टिभा सालेर्निटानाले फियोरेन्टिनालाई २–१, इम्पोलीले नापोलीलाई ३–२ तथा जिनोआले काग्लियरीलाई १–० ले पराजित गर्दा बोलोग्ना र उडिनेसले २–२ को बराबरी खेले । 





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार ७:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया