कांग्रेसबाट ललितपुरको मेयरमा फेरि पनि चिरिबाबु महर्जन उम्मेदवार

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्‍याउने भएको छ । वर्तमान मेयरसमेत रहेका उनलाई आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिएका हुन् । 

टिकट पाएसँगै महर्जनले साढे १२ बजे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने तयारी गरिरहेका छन् । ०७४ को निर्वाचनमा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले हराउँदै उनी ललितपुर महानगरमा विजयी भएका थिए । 

यसपालि महर्जनसँगै मेयरको उम्मेदवारका लागि प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम पनि चर्चाका थियो । 





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार ११:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया