विप्लव नेतृत्वको नेकपासमेत स्थानीय निर्वाचनमा सहभागी, कालीकोटमा उठायो उम्मेदवार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालीकोटमा स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ ।

कालीकोटको नरहरिनाथ गाउँपालिकामा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि पार्टीले उम्मेदवार उठाएको हो ।

पार्टीका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका लागि एटम बुढाले उम्मेदवारी दिएका छन् । यसका साथै गाउँपालिकाको उपाध्यक्ष पदका लागि शान्ति बिकको उम्मेदवारी परेको छ । 

गाउँपालिकाको ९ वटै वडामा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवारहरू उठाएको छ ।

कालीकोटलाई ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड क्षेत्रका रुपमा पनि लिइन्छ । स्थानीय निर्वाचन २०७९ का लागि यस पार्टीले कालीकोटका ९ वटै स्थानीय पालिकामा आफ्ना उम्मेदवारी उठाएको हो ।
 





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार १९:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया