स्थानीय निर्वाचन २०७९: डोल्पाका दुई गाउँपालिका नेकपा एकीकृत समाजवादीको पोल्टामा

डोल्पाका दुई गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादीको पोल्टामा गएको छ । डोल्पाका काइके र छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् ।

उनीहरु त्यहाँ निर्विरोध निर्वाचित भएका हुन् । 

नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गरेपछि उनीहरु निर्विरोध भएका हुन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले दिएको जानकारीअनुसार ती गाउँपालिकाका अन्य जनप्रतिनिधिमा पनि नेकपा एकीकृत समाजवादीबाट मात्र मनोनयन दर्ता भएको छ ।

काइके गाउँपालिकामा अंगदकुमार राना र छार्काताङ्सोङमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार १९:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया