यसअघि ४४ मतले मेयरमा हारेका खेम यसपटक उपमेयर उम्मेदवार

२०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले मेयर पदमा पराजित भएका चितवनको माडी नगरपालिकामा खेमप्रसाद महतोले यसपटक उपमेयरमा उम्मेदवारी दिएका छन् ।

उनी यसअघिको निर्वाचनमा ४४ मतले पराजित भएका थिए । नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालसँग पराजित खेम यसपटक गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका हुन् ।

माडी नगरपालिका गठबन्धनको भागवण्डामा यसपटक पनि माओवादी केन्द्रलाई परेको छ । मेयरमा ऋषि काफ्लेले उम्मेदवारी दिएका छन् ।

माडीमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका छन् । एमालेबाट मेयरमा तारकाजी महतो उम्मेदवार भएका छन् उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिएका छन् । मदन राप्रपाका हुन् ।





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार २३:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया