धनगढीका मेयर उम्मेदवार हमालले भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा कसम खाए

कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा कसम खाएका छन् ।

बिहीबार विहान धनगढी–१६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगर प्रमुखमा जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै कसम खाएका हुन् ।

‘करोडौं भ्रष्टाचार गर्छ’ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आएर सार्वजनिकरूपमा एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने कसम (क्रिया) खाएको हमालको भनाइ छ ।

उनले यसअघि नगर प्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् । हमाल यसअघि ०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको नगर प्रमुखमा उम्मेदवारी दिएका थिए ।

सो चुनावमा उनी २ हजार ७ मतले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा दोस्रो भएका हमाललाई यसपालि गठबन्धन उम्मेदवारको निकटतम प्रतिद्वन्द्वीकै रूपमा हेरिएको छ । गठबन्धन (कांग्रेस, माओवादी र समाजवादी) बाट नृपबहादुर वड नै मेयरमा उठेका छन् । त्यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द मेयरका लागि चुनावी मैदानमा छन् । 





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १२:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया