विश्वप्रकाश शर्मा नेता-कार्यकर्तालाई भने : अब उम्मेदवारको मुख हेर्ने होइन रूख हेर्ने हो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारको मुख नहेरी रूख चिह्नमा मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । 

उनले जो–जो व्यक्ति भएको भए पनि रूख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिरहेको पनि बताए । 

'कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँ पनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु देशभरीका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रूख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु,’ उनले भने ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसिसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीलाई विस्थापित गरेर विद्युतीय गाडी बिस्तार गरिने पनि उनको भनाइ छ । 

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदातालाई सुरक्षा दिँदै मतदान स्थलसम्म लैजान युवालाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १३:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया