काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई 'मी टू' बारे प्रश्न गर्दा आक्रोशित बनेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनीमाथि सोधिएको प्रश्नमा उनी आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
आज नेसनल कलेजले ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले स्थापितलाई लागेको ‘मी टु’ आरोपबारे प्रश्न गरेका थिए । प्रश्न सोध्ने विद्यार्थीप्रति जँगिँदै 'मलाई आरोप लगाउनेसँग के छ प्रमाण' भन्दै प्रश्न गरेका छन् ।
स्थापितले प्रश्न गर्ने विद्यार्थीप्रति आक्रोशित हुँदै भने, ‘मलाई लागेको आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ । यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन ।’
उनले यसअघि मेयरको उम्मेदवारी मनोनयनका दिन सञ्चारकर्मीले 'मी टू'बारे प्रश्न गर्दा 'विवाद नहुने पनि स्थापित हुन्छ' भन्दै टालेका थिए । सार्वजनिक अभिव्यक्तिपछि स्थापितको आलोचना सुरु भएको छ ।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।