प्रचण्डले गठबन्धनको बैठकमा यातायात विकास प्राधिकरण गठन प्रस्ताव लैजाने
फाइल तस्वीर

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन् ।

बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको शपथग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् । 

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रीत गर्न सकिने भन्दै उनले यसको निम्ति आफूले ध्यान केन्द्रीत गर्ने बताए । उनले सरकार र सत्तारुढ गठबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रीत गराउने उल्लेख गरे । 

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको बताए । गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनको भनाइ छ । यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले प्रतिवद्धता व्यक्त गरे । 

उनले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तीनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैँभरी भूमिका खेल्ने उनले बताए ।





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १९:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया