ललितपुरमा पनि मेलम्चीको पानी वितरण सुरु
फाइल तस्बिर

मेलम्चीको पानी ललितपुरमा पनि वितरण गर्न सुरु गरिएको छ । खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोडभित्र मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको हो ।

काठमाडौं उपत्यकाभित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण गर्न सुरु गरेको हो ।  

पानी वितरण तालिका अनुसार हरेक दुई दिनको फरकमा ठाउँ हेरी दुईदेखि चार घण्टासम्म पानी वितरण हुने केयूकेएल ललितपुर शाखाले जनाएको छ । 

यसअघि पनि ललितपुरमा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । तर, बाढीले आयोजनाको संरचनामा क्षति पुर्याएपछि पानी वितरण कार्य रोकिएको थियो । 





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार ९:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया