धनगढीमा उपमेयरसहित सात जनाको उम्मेदवारी रद्द

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयरसहित सात जना उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलकी विष्णुकुमारी विकसहित सात उम्मेदवारको रद्द भएको हो । 

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए । 

यसैगरी, धनगढी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र) को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) की पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको पनेरुले बताए । 

यस्तै, वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका दिलिपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको  । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ । 

धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । 

यस्तै, स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन् । उपप्रमुखमा भने माओवादीकी शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेकी कन्दकला रानाथारु, विवेकशील साझा पार्टीकी विमला पन्त, नागरिक उन्मुक्ति पार्टीकी सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी छन् । आयोगका अनुसार आज उम्मेदवारी फिर्ता गर्ने कार्यतालिका रहेको छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार १३:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया