धनगढीको मेयरका उम्मेदवार गोपाल हमालको चुनाव चिह्न आँप

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारी गोपाल हमालले चुनाव चिह्न आँप को दाना पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँपको दाना प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए । निर्वाचन चिन्ह पाएसँगै मेयरका प्रत्यासी हमालले अव मतदाताहरूको घर–घरमा पुग्ने बताए ।

२०७४ सालको  निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले कांग्रेसका वडलाई कडा टक्कर दिएका थिए ।

प्रमुखमा विजयी कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए । हमालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलबाट प्रमुखमा लडेका उम्मेदवारलाई उछिनेर लोकप्रिय मत पाएका थिए ।

धनगढी उपमहानगरपालिकामा प्रमुख लडेका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याउँदा एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए । यसपाली धनगढीमा कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीको बाहेक अन्य दलको उपस्थिती भने कमजोर देखिएको छ ।

यस पटक काँग्रेस र माओवादी बीच गठबन्धन भएको छ । गठबन्धनको तर्फबाट काँग्रेसका नृपबहादुर वड प्रमुख र उपमेयरमा माओवादीकी शान्ति अधिकारीको उम्मेदवारी रहेको छ । वडामा भने सबै दलहरुले आ–आफ्नै तरिकाले उम्मेदवारी दिएका छन् ।
 





  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार १२:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया