\
बलिउड अभिनेत्री अनुष्का शर्मा ३३ वर्षकी पुगेकी छिन् । आइतबार उनको जन्मदिन हो । उत्तर प्रदेशको अयोध्यामा जन्मिएकी अनुष्काका बाबु भारतीय सेनाका अधिकृत थिए ।
अनुष्काले पनि बारम्बार आफ्ना बाबुले सन् १९८२ पछिका विभिन्न युद्धहरु लडेको बताएकी छिन् । उनले कारगिल युद्ध पनि लडेको अनुष्काले बताउँदै आएकी छिन् ।
अनुष्काले जन्मदिन मनाउँदै गरेकाले पनि हुनुपर्छ, आज भारतीय मिडियामा उनको विषयमा व्यापक धेरै समाचार आएका छन् । उनले चाहिँ एक अन्तर्वार्तामा आफ्नो सबैभन्दा नजिकको साथी भनेको नै बाबु भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अभिनेत्री हुँ भन्दा पनि आर्मी अफिसरकी छोरी हुँ भन्दा बढी खुसी हुन्छु । मेरालागि मेरो बेस्ट फ्रेन्ड नै मेरो पापा हुनुहुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।