एमाले एक क्विन्टल आलु, गठबन्धन सुन हो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस आसन्न ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रियरूपमा विजयी बन्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयको कुरा मात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने भन्ने बारेमा पहलकदमी गरिरहेको पनि बताए । उनले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए । 

केही दिनअघि ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै शर्माले एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।  

‘हामी ओलीले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ । तर, हिसाब नमिलेपछि हिसाव बुझाइदिनुपर्छ । हामी पाँच्वटा एक/एक किलाका ढक होइनौँ । हामी एक/एक तोला मात्रै हौँ । क्विन्टल चाहिँँ उहाँ क्विन्टल नै हो । तर, एक क्विन्टल आलु र पाँचवटा तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो । एकातर्फ हामीलाई एक्लै लड्छौँ आउआउ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने । काठमाडौंमा सिर्जना सिंहको नेतृत्वमा कांग्रेसले बहुसंख्यक ठाउँ जित्दैछ । अघिल्लो पटक पनि एमालेले एक्लै जितेको होइन, सहारा टेकेको हो,’ शर्माले भने । 

उनले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए । 





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १२:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया