\
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेसको सुनिश्चित भएको बताएका छन् । उनले अहिले स्थानीय तहको आवश्यकता अनुसार अहिले तालमेल भएको पनि बताएका छन् ।
उनले यसपटक आफूहरुले तालमेल गरेर लगातार तीन वटा निर्वाचन नेपाली कांग्रेसलाई जिताएर अगाडि बढ्ने पनि बताएका छन् ।
उनले नेपाली कांग्रेस बलियो भएर विजयी भएको देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक टिप्पणी गरेको पनि बताएका छन् ।
‘उहाँले भनेजस्तै हामी भन्दैनौँ,’ शर्माले भनेका छन्, ‘उहाँले भनेजस्तो हामी एक एक तोलाका सुन हौँ, उहाँ एक क्विन्टल नै हो तर आलुको एक क्विन्टल ।’ उनले बजारमा आलुको भन्दा सुनको भाउ बढी हुने पनि बताएका छन् ।
हेर्नुहोस्, भिडियोः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।