सिरी ‘ए’ : एसी मिलानको कठिन जित

इटालियन सिरी ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर एसी मिलानले जित हात पारेको छ । घरेलु टोली मिलानले फियोरेन्टिनामाथि १–० को कठिन जित हात पारेको हो ।

सान सिरोमा खेलको ८२औँ मिनेटमा राफेल लियोले गरेको एक मात्र गोल मिलानलाई जित दिलाउन पर्याप्त बन्यो । यो जितसँगै शीर्ष स्थानको मिलानले ३५ खेलमा ७७ अंक जोड्दा पराजित फियोरेन्टिना समान खेलबाट ५६ अंकका साथ सातौँ स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा युभेन्ट्सले भेनेजियामाथि २–१ तथा टोरिनोले इम्पोलीमाथि ३–१ को जित निकाले ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार २१:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया