बझाङमा एमालेबाट पाँचजना युवा विद्यार्थी चुनावी मैदानमा

बझाङमा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ५ जना युवा विद्यार्थी नेता चुनावी मैदानमा उत्रियमा छन् । उनीहरु पालिका अध्यक्षदेखि वडा अधयक्षसम्मको उम्मेदवार बनेका हुन् । युवाहरुलाई राजनीतिमा सक्रिय गराउने पार्टीको नीतिअनुरुप जिल्लाका केही पालिकामा युवालाई अघि सारेको नेकपा एमाले बझाङले जनाएको छ ।

नेकपा एमालेले विद्यार्थी राजनिति गरिरहेका ३५ वर्षमुनिका ५ जना नेतालाई बझाङमा पालिका प्रमुखदेखि वडाअध्यक्षसम्मको उम्मेदवार बनाएको छ । ५ जनामध्ये १ जना पालिका प्रमुख, १ जना उपप्रमुख र ३ जना वडाअध्यक्षका उम्मेदवार रहेका छन् । 

खप्तडछान्ना गाउँपालिकामा नेकपा एमालेले अनेरास्ववियुका केन्द्रीय सचिव लोकेद्रबहादुर सिंहलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । सिंह लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेताका रुपमा परिचित रहेका छन् ।

त्यस्तै, अनेरास्ववियुका केन्द्रीय सदस्य अमरराज जोशी बुंगल नगरपालिका उपप्रमुखको उम्मेदवार बनेका छन् ।त्यसैगरी, अखिलका सचिवालय सदस्य अमित महर, सचिवालय सदस्य लोकेन्द्र बोहरा र केन्द्रीय सदस्य प्रविन्द्र धामी वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।

वडा अध्यक्षका उम्मेदवार अमित महर जयपृथ्वी नगरपालिका वडानम्बर ७ को वडा अध्यक्षका उम्मेदवार हुन् भने लोकेन्द्र बोहरा जयपृथ्वी नगरपालिका वडा नम्बर ८ र प्रविन्द्र धामी वडानम्बर ९ को वडाअध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

यसैबीच खप्तडछान्ना गाउँपालिकाको अध्यक्षका प्रत्यासी लोकेन्द्रबहादुर सिंहले पार्टीले आफूमाथि गरेको विश्वासलाई टुट्न नदिने बताएका छन् । वैशाख ३० मा हुने स्थानीय निर्वाचनबाट पालिकाको अध्यक्षमा विजयी भएर आउने उनको विश्वास छ ।





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार २१:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया