‌‌ओली र स्थापितका नाममा प्रदीप पौडेल सेयर गरे 'उर्दु शेर'
फाइल तस्वीर

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसी समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप लगाएका छन् ।

स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले मधेसी समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको पौडेलको टिप्पणी छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै यस्तो खाले अभिव्यक्ति दिएर साम्प्रदायिक घृणा र ध्रुवीकरणको गर्ने खेल खेलेको बताउँदै स्थापितले पनि त्यस्तै कार्य गरेको बताए ।

'केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ । साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो,' उनले भनेका छन्, 'महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ ।'

उनले स्थापितले शाही शासनकालमा ज्ञानेन्द्रबाट मनोनीत मेयर भएर काठमाडौंको मेयर भएको, डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको उल्लेख गर्दै अहिले अचानक अर्कौ ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहेको बताए । उनले हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने तर्क गरे ।

'योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रूपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो । शाही शासनकालमा ज्ञानेन्द्र मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नुभएको हो । त्यतिले नपुगेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो । अहिले अचानक अर्कौ ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहनुभएको छ,' उनले भनेका छन्, 'हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौं को रोजाइ  हुन सक्दैन । हावा गफ त ओलीजीबाटै टन्न अघाउने गरी सुनिसकेका छौँ ।'

उनले स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर सेयर गरेका छन् । उनले लेखेका छन् :



एक ही उल्लू काफी था बार्बाद गुलिस्तां करनेको

अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो ।



  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १५:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया