वाईडबडी प्रकरणः पर्यटनमन्त्री अधिकारीसहित सात जनालाई कारबाही गर्न सिफारिस

काठमाडौं– वायु सेवा निगमले किनेका २ वटा ठूला जहाज (वाइडबडी) खरिद प्रक्रिया छानविन गर्न गठित संसदीय उपसमितिले बहालवाला दुई सचिवसहित निगमका महाप्रबन्धकलाई निलम्बन गर्न सिफारिस गरेको छ । 

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतकाे उपसमितिले विमान खरिद प्रक्रियामा भएको घोटाला सम्बन्धमा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको हो । 

वाइवबडी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उपसमितिले आज पूर्व पर्यटन सचिव तथा हालका गृहसचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गर्न सिफारिस गरेको छ । 

उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरेको छ । वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो रहेको उपसमितिको ठहर छ । 

त्यस्तै, पूर्व पर्यटन सचिव शंकर अधिकारी, तत्कालीन पर्यटनमन्त्रीद्धय जिवनबहादुर शाही र जितेन्द्र देवलाई पनि कारवाहीका लागि सिफारिस गरेको छ । 

उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमको इतिहासमै सवैभन्दा बढी भ्रष्टाचार भएको देखिएको छ । उपसमितिले विमान खरिद गर्दा ४ अर्ब भन्दा बढी रकम भ्रष्टचार भएको देखाएको छ ।



यसअघि नै महालेखा परीक्षकले विमान खरिदमा ६ अर्ब रुपैयाँ घोटाला भएको सार्वजनिक गरेको थियो ।

 
 



  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १२:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया