एनएमबी बैंक र यो योजिपलाइन प्रालिबीच आन्तरिक पर्यटनमा सहकार्य

एनएमबी बैंक लिमिटेडले यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्यको सम्झौता गरेको छ । 

जसअनुसार बैंकले स्काई साइक्लिङ, जिपलाइन, स्विङ, केनोपी र रेस्टुरेन्ट एण्ड कफिसपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हो । 

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिनबाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो योकोतर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । 
 
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइट www.nmb.com.np को NMB Visa Card Discount​ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १८:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया