मिसावटयुक्त मसला बेच्ने दुगड स्पाइसलाई तीन लाख जरिवाना
फाइल तस्वीर

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई तीन लाख जरिवाना गरेको छ । 

विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो । विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ । 

यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १९:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया