नेकपा एकीकृतका मेयर पदका उम्मेदवार गुप्ता एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका एक उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिकाको मेयर पदका उम्मेदवार राजु गुप्ता एमालेका उम्मेदवार राजकिशोर यादवलाई समर्थन गर्दै पार्टी प्रवेश गरेका हुन् । 

नेकपा एमालेमा प्रवेश गर्दै उनले भने, ‘सबै नेता–कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेको छु ।’

एमालेमा फर्किएका उनलाई पार्टीका नेता रामचन्द्र मण्डलसहितकाले स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार २१:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया