प्रचण्डकै अगाडि जितनारायणले भने– रेनु जिताउन तयार छौं, भोलि कांग्रेसलाई धोका नहोस्

नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी दिनमा धोका नदिन आग्रह गरेका छन् । आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि आगामी दिनमा धोका नदिन प्रचण्डसमक्ष आग्रह गरेका हुन् । 

‘हाम्रो सभापति सोझो हुनुहुन्छ, जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला,’ श्रेष्ठले भने, ‘गठबन्धनबाट रेनु दाहालजीसहित सबैलाई हामी जिताउँछौँ तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस् ।’

उनले भरतपुर मात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गरे । 





  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १४:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया