प्रचण्ड, माधव नेपालले होइन, केपी ओलीले हारेको हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् । 

चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटनदेखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् । 

‘हारेको प्रचण्ड, माधव नेपाल होइन, केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईंले नबुझेको सुन्न पर्दा खिन्न महसुस भएको छ ।’ 

उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इंगित गर्दै भने, ‘विधि, पार्टी र पद्धति बाहिर गएर कोही व्यक्ति वीर पनि हुने स्थिति अहिले नेपालमा छैन ।’  

सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।  

‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईंको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौँ जान्छ । यो स्वाभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।  





  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १७:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया