चोके खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
फाइल तस्वीर

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिलो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खसेको हो । 

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका ट्राफिक प्रहरीको कार्यालयले जनाएको छ ।

पहिलो खस्ने क्रम नरोकिएकाले आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीले जनाए ।

उनका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव हुने देखिएको छ ।

पहिरोका कारण नारायणढतर्फबाट आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् । त्यस्तै नारायणगढतर्फ गइरहेका सवारीसाधन जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार २०:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया