धनगढीमा पत्रकारबाटै कुटिए युवक

कैलालीको धनगढीमा एक युवकमाथि पत्रकारले कुटपिट गरेका छन् ।  ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा कार्यरत पत्रकार योगेन्द्र भण्डारीको समूहले आफूलाई निर्घात कुटपिट गरेको पीडित आदित्य जोशीले आरोप लगाएका छन् ।

धनगढी उपमहानगरपालिका– ५ बस्ने २४ वर्षीया पीडित जोशीले धनगढी–२ स्थित फारवेष्ट जिम सेन्टरको माथि लगेर आफूमाथि भण्डारीको समूहले हातपात गरेको आरोप लगाएका छन् । उनले आफूलाई चारजनाको समूहले फलामको रड र हतियार प्रहार गरेको बताए । 

कुटिएको भनिएका पीडित जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् । उनी निवेदन लिएर आएको र घटना बारेमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पत्रकार भण्डारीले घटना भएको स्वीकार गरेका छन् ।   
 





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १३:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया