नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् ।
भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।
‘म तपाईहरुलाई धम्क्याउका निम्ति यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनका लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुर्क्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’
अहिले देश ऐतिहासिक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौति र अवसर लिएर आएको उनले बताए ।
‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरूले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने ।
अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पूँजीपतिहरूको जसको प्रतिनिधित्व पाँच दलीय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरूको रहेको, जसको नेतृत्व एमालेले गरेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।