माओवादी पतनको बाटोमा : बादल

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए । 

माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाई भ्रममुक्त हुन पनि उनले आग्रह गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउँदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताए ।

गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्रविरोधी भएको आरोप लगाए । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको आरोप छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १७:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया