इन्टरलाई पछि पार्दै सिरी ‘ए’ को शीर्षमा उक्लियो एसी मिलान

इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । 

एसी मिलानको जितसँगै सिरी ‘ए’ को उपाधि यात्रा झनै रोचक बनेको छ । मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल गरे ।  

घरेलु टोली भेरोनाका मार्को डेभिड फाराओनीको सान्त्वना गोल गरे । जितसँगै मिलानले  ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ । 

पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा  छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार ७:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया