गुल्मीमा कांग्रेस कार्यकर्ताबाट माओवादी केन्द्रका नेता कुटिए
फाइल तस्वीर

गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ताबाट माओवादी केन्द्रका नेता कुटिएका छन् । कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा माओवादी केन्द्रका नेता लीलबहादुर केसी कुटिएका हुन् ।
 
स्थानीय निर्वाचनका लागि प्रचारप्रसारको क्रममा आइतबार राति कांग्रेस कार्यकर्ता गोपाल थापाको समूहबाट कुटिइएको बताइएको छ । केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको 
अनुहारमा चोट लागेको छ ।

उनले मध्यराति समीक्षा बैठक सकेर घर फर्कँदै गर्दा आफूमाथि कुटपिट भएको बताए । थापाले एक्कासि मोटरसाइकलको हेल्मेटले टाउकोमा हानेपछि आफू बेहोस भएर ढलेको उनको भनाइ छ ।

नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले दुई पक्षबीच सामान्य मुक्कामुक्की भएको बताए । उनले दुई पक्षबीच सामान्य भनभन भइ धकेलाधकेल हुँदा केसीलाई सामान्य चोट लागे बताउँदै समस्याको समाधान गर्न आफूले पहल बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले खबर आएपछि टोली घटना स्थलमा खटाएर थप अनुसन्धान भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार २०:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया