ओलीप्रति जनताको विश्वास र भरोसा टुटिसक्यो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले ०७४ सालको जस्तो नरहेको बताएका छन् । उनले एमालेलाई अघिल्लो स्थानीय निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताएका हुन् । गृह जिल्ला झापाको दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले २९३ स्थानीय तह जित्दा कांग्रेसले २६६ स्थानीय तह जितेको बताए ।

 ‘२७ वटा स्थानीय तहको फरकमा मात्र कम जितेर दोस्रो भएको हो । कांग्रेस त्यो बेला पनि कमजोर थिएन । एमाले त्यो बेलाको जस्तो छैन,’ उनले भने, ‘त्यो बेला एमालेलाई तीन/तीन जना पूर्वप्रधानमन्त्रीको साथ थियो । झलनाथ खनाल र माधव नेपाल अहिले हुनुहुन्न ।
पूर्वउपप्रधामन्त्री वामदेव गौतम पनि हुनुहुन्न । अहिले केपी ओली एक जना मात्र हुनुहुन्छ ।’ 

उनले एमाले ठूलो भएर उसका विरुद्ध तालमेल नभएको बताए । उनले ओलीको अंकारविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए । महामन्त्री शर्माले ओलीप्रति जनताको विश्वास र भरोसा टुटेको बताए ।

 ‘मलाई एमाले कार्यकर्ताले भन्नु भएको छ । हामी हिजो जुन ऊर्जामा थियौँ, आज मुर्जाएका छौँ । हिजो जुन जाँगर थियो । आज शिथिल भएको अवस्था छ । जनताका सामुन्य जवाफ दिन नसक्ने गरी प्रश्नहरू हामी माझ छन् भनेर एमाले कार्यकर्ता भनिरहेका छन्,’ उनले भने, ‘दमकलाई के आग्रह गर्न चाहन्छु भने प्रश्न चुनाव जित्ने मात्र हैन । तपाईंले यो बेलामा दमकले तेर्स्याउने पर्ने धेरै प्रश्न छन् । यो बेला जनताले सोच्नुपर्छ ।’ 

महामन्त्री शर्माले ओलीको नेतृत्वमा स्थिरताको नारा दिएर माओवादीसँग एकता गरेको भन्दै अहिले स्थिरता कहाँ गयो भन्दै प्रश्न गरे । ‘दुई वटा कम्युनिस्ट पार्टी गाँसिँदा नेपालको कम्युनिस्ट आन्दोलनले नेपालको मुहार बदल्ने छ भनेर कम्युनिस्ट कार्यकर्ताले देखेको सपना अहिले कहाँ छ?,’ उनले भने, ‘हिजो प्रधानमन्त्री बनाउँदा देखाइएको समृद्धिको सपना कहाँ छ? हिजो ओलीमाथि गरिएका भरोसा कहाँ छ ।’  





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १६:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया