प्रदीप पौडेलको प्रश्न : पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि ढलेको सिन्को नउठाउनेलाई किन भोट दिने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि ढलेको सिन्को उठाउन नसक्नेलाई निर्वाचित गर्न नहुने बताएका छन्। 

काठमाडौंको तारकेश्वर नगरपालिकामा मंगलबार आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले भने, 
‘दुईतिहाइको बहुमत प्राप्त गरेर पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि ढलेको सिन्को उठाउन नसक्नेलाई फेरि किन निर्वाचित गर्ने ?,’ नेता पौडेलले प्रश्न गर्दै भने, ‘त्यसकारण यसपटक उहाँहरुको विकल्प खोजिनुपर्छ। यसपटक अरुलाई मौका दिनुपर्छ।’

उनले आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन कुनै पनि कसर बाँकी नराखिने पनि जिकिर गरे। ‘कांग्रेसलाई जिताउन हामीले कुनै पनि कसर बाँकी नराखौँ,’ पौडेलले भने, ‘हामीले यो निर्वाचनमा कांग्रेसलाई जिताउँछौँ। कांग्रेसलाई कुर्सीमा राख्छौँ।’

कांग्रेसबाट निर्वाचित हुने नगर प्रमुखहरुलाई कसैले पनि ‘मेयर साप’ नभन्न पनि उनले उर्दी जारी गरे। ‘कृष्णहरिजी मेयर भइसकेपछि उहाँलाई कसैले मेयर साप नभन्नुहोला,’ तारकेश्वर नगरपालिका कांग्रेसले प्रमुखका लागि उम्मेदवार बनाएकाहरुको नाम लिँदै पौडेलले भने, ‘ए कृष्णहरि भाइ, ए कृष्णहरिबाबु मेरो यो काम गरिदेऊ भनेर भन्नुस्।’ 

उनले कांग्रेसबाट निर्वाचित हुने उम्मेदवारहरु पालिकामा शासन गर्न नभएर सेवक बन्न जाने पनि जिकिर गरे। ‘सिर्जनाजीलाई पनि कसैले मेयर साप नभन्नुस्,’ काठमाडौं महानगरको प्रमुखका उम्मेदवार सिर्जना सिंहको नाम लिँदै उनले भने, ‘उहाँहरु त्यहाँ शासन गर्न गएको होइन। सेवक बन्न गएको हो।’





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार १९:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया