प्रचारप्रसारको अन्तिम दिन जनकपुरधाममा उम्मेदवारहरुको शक्ति प्रदर्शन (फोटोफिचर)

स्थानीय तह निर्वाचनको तीन दिन मात्र बाँकी रहेको छ । मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै छ । 

मंगलबार चुनावी प्रचारप्रसारको अन्तिम दिन जनकपुरधाममा नगरप्रमुख पदका उम्मेदवारहरु आ–आफ्नो सम्पूर्ण शक्ति खर्चेका छन् । चुनावी प्रचारप्रसारको अन्तिम दिन आज उम्मेदवारहरुले आफ्नो सम्पूर्ण शक्तिको प्रयोग प्रचारप्रसारमै केन्द्रित गरेका थिए ।

मंगलबार दलहरुले बाजागाजाका साथ भव्य र्याली निकालेका थिए । नाचगानका साथ निस्केको र्यालीको माध्यमले उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउने प्रयास गरेका थिए । दलहरुको र्यालीमा हजारौँको संख्यामा समर्थकहरुको सहभागिता रहेको थियो ।

त्यसैक्रममा स्वतन्त्र उम्मेदवारहरु बलराम महतो, जानकी राम साह, मनोज साह, नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हीरालगायतको शक्ति प्रदर्शनमा उल्लेख्य संख्यामा समर्थकहरुको भीड देखिएको थियो । आज दिनभर नगरको सम्पूर्ण भाग प्रचारप्रसारमय बनेको थियो । नगरका हरेक उम्मेदवारले दिनभर शक्ति प्रदर्शनमै केन्द्रित थिए । 

सबैले आ–आफ्ना समर्थकसहित नगरभरि परिक्रमा गरेका थिए । प्रायः हरेक उम्मेदवारले जनकपुरधामवासीलाई निःस्वार्थ भावले काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका थिए ।





 

 

 

  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार २०:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया