मेयर उम्मेदवार एमालेमा प्रवेश गरेपछि हेटौंडामा नेकपा समाजवादीको समर्थन लामालाई
फरकधार / २७ बैशाख, २०७९

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (समाजवादी) पार्टीले समर्थन गरेको छ ।



पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।  

पार्टीले भुर्तेललाई लालगद्दारको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी कारबाहीसमेत गरेको छ ।  



मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मीनाकुमारी लामालाई कलम चुनाव चिह्नमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।



  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार २१:७:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया