माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई काेराेना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको बताएका छन् ।
अर्बपति गेट्सले स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यमानी छु’, उनले ट्विट गरेका छन् ।
६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो ।
अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड– १९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो ।
सन् २०१४ मा माइक्रोसफ्टका सह–संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।