मौन अवधिमा घरघरमै पुगेर भोट माग्दै एमाले नेतृ महतो

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जुली महतोले मौन अवधिमा घरघरमै पुगे आफ्नो पार्टीका उम्मेदवारलाई मत मागेकी छन् । उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा वडाध्यक्षका उम्मेदवारको लागि भोट मागेकी हुन् ।

नेतृ महतोले आज बिहान नेकपा एमालेको तर्फबाट सोही २४ नम्बरमा एमालेबाट वडाध्यक्ष्यका उम्मेदवार रहेका ओपेन्द्र सहनीसँगै बसहियाको टोलटोल पुगेर मत मागेकी स्थानीयले बताएका छन् ।  

निर्वाचनको अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन कार्यशालागोष्ठी गर्न पाइँदैन ।

त्यस्तै, मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्ने वा निर्वाचन प्रचार–प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नहुनेलगायतका व्यवस्था छन् ।  तर, राजनीति दलकै प्रतिनिधिबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ ।

यसपालिको स्थानीय निर्वाचनको मतदान भोलि हुँदैछ । 





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १०:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया